प्रहरीका चारजना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस

By खबरहब

July 09, 2022

काठमाडौँ- नेपाल प्रहरीको चारजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा समितिको शनिबार बसेको बैठकले बढुवा सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल इन्जिनियरिङ्ग तथा सवारीतर्फका १ गरी ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. सुरज राण, डा. दीपा न्हुच्छे प्रधान, डा. अमिन कुमार श्रेष्ठ र ई. दिनेश केसी छन् ।