तस्वीर- फेसबुक/विष्णु गौतम

प्रवास

नर्वेको राजधानी ओस्लोमा डेनमार्कस्थित नेपाली दूतावासको घुम्ती सेवा

By खबरहब

July 09, 2022

काठमाडौँ- डेनमार्कस्थित नेपाली दूतावासले उत्तरी छिमेकी मुलुक नर्वेमा गरेको घुम्ती सेवाको आयोजना गरेको छ । नेपाली दूतावासले ई पासपोर्टको आवेदनका लागि घुम्ती सेवाको आयोजना गरेको हो ।

दूतावासले नर्वेसँगै स्विेडन र फिनल्याण्डमा पनि घुम्ती सेवा दिएको थियो ।

दूतावासका अनुसार घुम्ती सेवा स्वीडेनको राजधानी स्टकहोममा २ र ३ जुलाईमा, फिनल्याण्डको राजधानी हेलसिन्कीमा ४ र ६ जुलाईमा सम्पन्न भएको थियो । नर्वेको राजधानी ओस्लोमा ९ र १० जुलाइमा घुम्ती सेवाको कार्यक्रम रहेको छ ।