सांकेतिक तस्वीर

शिक्षा

नेपालगञ्ज उपमहानगरका विद्यालय आज बन्द

By खबरहब

August 09, 2022

बाँके – नेपालगञ्ज उपमहानगरपालिकाले मोहर्रमको अवसरमा एक दिन विद्यालय बन्द गरेको छ ।

स्थानीय पर्व बिदा दिने नगर शिक्षा समितिको निर्णयअनुसार सो बिदा दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाले जानकारी दिए । सो पर्वमा मुस्लिम समुदाय नयाँ वर्षको अवसरमा खुसीयालीका साथ मनाउने गर्छन् ।

विश्वभरि नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि विगतदेखि नै मनाउँदै आएको मोहर्रम पर्व तथा व्यवस्थापन समितिका अध्यक्ष गुलाम हुसैन वारशीले जानकारी दिए।