फाइल फोटो

समाचार

एकै दिन २४ सय ४९ जना सवारी चालकमाथि कारबाही

By खबरहब

August 09, 2022

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ४४९ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरूलाई सोमबार उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १७३ जना, जथाभाबी हर्न बजाउने १०३ जना, मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७५ जना र तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना रहेका छन् ।

यस्तै, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ८७ जना, सडक लेन उल्लङ्घन गर्ने ५९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २० जना चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।