सांकेतिक तस्बिर

समाचार

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

August 09, 2022

ललितपुर-  महालक्ष्मी नगरपालिका–९ लामाटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रदेश ०३–०२–०१२ प ८३६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई  सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका–१३ झरुवारासी बस्ने १८ वर्षीय उत्सब नगरकोटी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कृष्ट अस्पताल हुँदै बी एण्ड बी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।