खेलकुद

गोलरक्षक सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्समा अनुबन्ध

By खबरहब

August 09, 2022

काठमाडौँ- बोका जुनियर्सले अर्जेन्टिनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वगोलकिपर सर्जियो रोमेरो अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग अनुबन्ध हुने भएका छन् । मार्टिनेजले सन् २०१५ देखि २०२१ सम्म ओल्ड ट्राफोर्डबाट खेलेका थिए ।  रोमेरोले  ‘फ्रि ट्रान्सफर’मा जुनियर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् ।

अर्जेन्टिनाको रेसिङ क्लब व्यावसायिक करियरको सुरुवात गरेका उनी २००७ मा युरोपियन क्लब अनुबन्धित भएका थिए । सन् २०१४ को विश्वकपमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका उनले पछिल्लो पटक २०१८ मा राष्ट्रिय टिमबाट खेलेका थिए । उनले राष्ट्रिय टिमबाट ९६ क्याप जितेका छन् ।

पछिल्लो सिजन इटालियन क्लब भेनेजियाबाट खेलेका उनले क्लबबाट १६ खेलमा मौका पाएका थिए । भेनेजिया सिरी बी मा रेलिगेट भएको थियो ।