ब्रेकिङ स्टोरी

नर्भिकको संरचना हटाउन समिति गठन गरिने

By खबरहब

August 09, 2022

काठमाडौँ- काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको संरचनाका बारेमा काठमाडौँ महानगरपालिकाले अध्ययन गर्ने भएको छ ।

सार्वजनिक जग्गाको संरचना हटाउन दिएको निर्देशनको अवस्था बुझ्न मंगलबार अस्पताल पुगेका महानगरका मेयर बालेन्द्र शाहले दुई पक्षको प्राविधिक राखेर अध्ययन समिति बनाउने बताएका हुन् ।

मेयर शाह अस्पताल पुग्दा अस्पतालका अध्यक्ष राजेन्द्र बहादुर सिंहले अस्पतालले कानून अनुसार जग्गा भाडामा लिएको र अक्सिजनसहितका सामग्री भण्डारण गरिएको बताएका थिए । त्यसपछि मेयर शाहले अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएपछि आवश्यक निर्णय गर्ने बताउँदै  फर्केका थिए । अस्पतालका अध्यक्ष सिंहले आफूहरूले सार्वजनिक जग्गा नमिचेको र महानगरले कुरै नबुझी भवन भत्काउन २४ घण्टे अल्टिमेटम दिएको बताए।

यसअघि काठमाडौँ महानगरपालिकाका शाहले अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका थिए । अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरले बताउँदै आएको छ ।