अन्तर्राष्ट्रिय

बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा पदबाट राजीनामा

By खबरहब

August 09, 2022

काठमाडौँ– नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारका मुख्यमन्त्री नितिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

राजधानी पटनामा राज्यपाल फागू चौहानलाई भेटेर उनले आफ्नो राजीनामापत्र हस्तान्तरण गरेको भारतीय टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करणले जनाएको छ ।

केन्द्रमा सत्ता चलाइरहेको भारतीय जनता पार्टी भाजपा नेतृत्वको नेशनल डेमोक्र्याटिक अलायन्स (एनडीएसँग) खटपट उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

राजीनामापश्चात उनले भाजपाबाट अलग हुने सबैको इच्छा रहेको भन्दै विधायक एवम् सांसदहरुसँगको समन्वयमा पछिल्लो निर्णय लिइएको बताए ।

उनले अब नयाँ बाटोबाट सरकार बनाउने तयारी गरिरहेको दाबी गरेका छन् । आजतकका अनुसार उनले बिहार विभानसभामा आफूसँग १६० जना विधायकहरुको समर्थन रहेको दाबी गरेका छन् ।

२४३ सिट रहेको बिहार विधानसभामा सरकार बनाउन केबल १२२ सिट पर्याप्त हुन्छ ।