समाचार

सूर्यविनायकमा हप्तैपिच्छे निःशुल्क रक्तचाप र मधुमेह परीक्षण शिविर हुने

By खबरहब

August 09, 2022

भक्तपुर- भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा प्रत्येक हप्ताको मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिने भएको छ ।

क्लिनिक वान भक्तपुर र सूर्यविनायक युथ क्लबको संयुक्त आयोजनामा शिविर सञ्चालन गर्ने भएको हो । मन्दिरमा प्रत्येक मंगलबार भक्तजनहरूको भीड लाग्छ । यही अवस्थालाई मध्यनजर गरी शिविर सञ्चालन गर्न लागेको हो ।

भक्तजनहरूको चाप बढी हुने समयमा सञ्चालन गर्ने योजना गरिएको शिविर परीक्षण स्वरुप २४ साउन बिहान ८ देखि १० बजेसम्म दुई घण्टा सञ्चालन गरिएको क्लिनिक वान भक्तपुरका प्रबन्ध निर्देशक सन्ताेष पौडेलले जानकारी गराए ।

पहिलो पटक मंगलबार सञ्चालित  शिविरको सूर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेत तथा सूर्यविनायक युथ क्लबका अध्यक्ष मजोज गिरीले रक्तचाप तथा रगत परीक्षण गराई शुभारम्भ गरिएको थियो । शिविरमा विभिन्न उमेर समूहका ४० स्थानीयहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।