फाइल फोटो

क्रिकेट

केन्याविरुद्धको सिरिजको लागि नेपाली टोली घोषणा

By खबरहब

August 09, 2022

काठमाडौँ– केन्याविरुद्धको बाइल्याट्रल क्रिकेट सिरिजमा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । पूर्व कप्तान ज्ञानेन्द्र मल्लसहितको १६ खेलाडी सम्मिलित टोलीको सुची नेपाल क्रिकेट संघ क्यानले मंगलबार सार्वजनिक गरेको हो ।

टोलीमा सन्दीप लामिछाने, रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, आदिल आलम, करन केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद, पवन सरफ, शबाब आलम, किशोर महतो र विवेक यादव रहेका छन् ।

यसअघि क्यानले सिरिजको खेल तालिका पनि सार्वजनिक गरेको थियो । केन्या भ्रमणमा दुई राष्ट्रबीच ५ टी–ट्वान्टी खेल र ३ एकदिवसीय खेल खेलिनेछ । खेल तालिकाअनुसार अगस्ट २५ देखि ३० सम्म टी–ट्वान्टी खेल हुनेछ ।

 एकदिवसीय सिरिजअन्तर्गतको पहिलो खेल सेप्टेम्बर २, दोस्रो सेप्टम्बर ३ र तेस्रो सेप्टेम्बर ५ मा हुनेछ ।