सांकेतिक तस्बिर

देश/प्रदेश

हुम्लामा भिरबाट खसेर एक पुरुषको मृत्यु

By खबरहब

August 09, 2022

हुम्ला– हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो ।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।