फाइल फोटो

देश/प्रदेश

देशका अधिकांश स्थानमा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध

By खबरहब

August 09, 2022

काठमाडौं । पश्चिमी वायुको प्रभावले देशभर भारी वर्षा भइरहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ । भारी वर्षाका कारण नदीमा पानीको सतह बढ्दै गएको छ । भने पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।