काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई माया गर्ने व्यक्तित्व गुमाएको उल्लेख गरेका छन्।
सन् १९६१ र सन् १९८६ मा भएका उनका दुई राजकीय भ्रमणलाई स्मरण गर्दै देउवाले एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका हुन्। एलिजाबेथ द्वितीयाले आफूलाई काम, सम्मान र सेवाले परिचित गराएको देउवाको भनाइ छ।
प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत दुई पोस्ट गर्दै श्रद्धान्जली र समवेदना व्यक्त गरेका हुन्।
एलिजाबेथ तत्कालीन राजा महेन्द्रको निम्तोमा सन् १९६१ मा र राजा वीरेन्द्रको राज्याभिषेकमा सन १९८६ मा नेपालको राजकीय भ्रमणमा आएकी थिइन्।
उनको बिहीबार स्कटल्याण्डको वालमोरलमा निधन भएको थियो।