फाइल फोटो

आर्थिक

सुन र चाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

By खबरहब

September 09, 2022

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ। सुनको मूल्य तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जसअनुसार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ र तेजाबी सुन ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सय र तेजाबी सुन प्रतितोला ९३ हजार ३ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।