ब्रेकिङ स्टोरी

प्रधानमन्त्री देउवा र गृहमन्त्री खाण चुनावी कार्यक्रमका लागि चितवनमा

By खबरहब

September 09, 2022

चितवन- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आएका हुन्।

बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उनी चितवन आएका हुन्। प्रधानमन्त्री देउवाले आज चितवन कांग्रेसका जिल्ला नेता कार्यकर्ता भेट गर्दै छन्। यससँगै दिउँसो १२ बजे बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने अभियानको समापन एवं सम्मान कार्यक्रममा सहभागी भएर दिउँसो २ बजे उनी काठमाडौँ फर्कने कार्यक्रम छ ।

उनीसँगै गृहमन्त्री बालकृष्ण खाँण पनि चितवन आएका हुन् ।