देश/प्रदेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

By खबरहब

September 09, 2022

ओखलढुङ्गा – ओखलढुङ्गाको रमाइलो डाँडामा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । आज ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोलुङ गाउँपालिका–८ माँझखर्कका २६ वर्षीय फुरी शेर्पाको ज्यान गएको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका–११ रमाइलोडाँडामा मिलनचोकबाट आएर साइड लगाउने क्रममा ना२ख ८७७९ नम्बरको ट्रकले बिहीबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल ओखलढुङ्गा सामुदायिक अस्पताल लगिएको थियो । जिल्लामा उपचार सम्भव नहुने भएपछि अस्पतालले काठमाडौँ पठाएको थियो ।

उपचारका लागि काठमाडौँ लैजाने क्रममा उनको मृत्यु भएको रे शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक केशव अधिकारीले जानकारी दिए । प्रहरीले ट्रक चालक सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका राजकुमार श्रेष्ठ र ट्रक नियन्त्रणमा लिएको छ ।