राजनीति

जाजरकोटबाट शक्ति बस्नेत संघीय सांसद, राजिव विक्रम प्रदेशसभाका उम्मेदवार

By खबरहब

October 09, 2022

जाजरकोट – सत्तारुढ गठबन्धनले जाजरकोटबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतलाई टिकट दिएको छ ।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा बस्नेतसँग पराजित भएका नेपाली कांग्रेसका राजिव विक्रम शाहले भने यसपटक प्रदेश सभामा टिकट पाएका छन्।

गठबन्धनको भागबण्डा अनुसार प्रतिनिधि सभातर्फ नेकपा माओवादी केन्द्र र प्रदेश सभा नेपाली कांग्रेसको भाग गरेको हो ।

प्रदेश सभा (क) मा वेदराज सिंह र (ख) मा शाह उम्मेदवार बनेका हुन् । शाह निर्वाचित भए कर्णाली प्रदेशका मुख्यमन्त्रीका दाबेदारसमेत हुन्।

नेकपा एमालेले भने प्रतिनिधि सभाका लागि निरज आचार्यलाई उम्मेदवार बनाएको छ ।