राजनीति

खोटाङमा एमालेको मनोनयन दर्ता 

By खबरहब

October 09, 2022

खोटाङ- खोटाङमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । ४ मंसिरका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आइतबार जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्यका लागि विशाल भट्टराई तथा प्रदेशसभा ‘क’मा पाँचकर्ण राई पिके र प्रदेशसभा ‘ख’ मा रामप्रसाद दंगालले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताका लागि उनीहरू र्‍यालीसहित मुख्य निर्वाचनको अधिकृतको कार्यालय पुगेका थिए ।

यस्तै, गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा उठेका नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)बाट उठेका वीरबलकाजी राई र प्रदेशसभा ‘ख’ नेपाली कांग्रेसबाट उठेका भूपेन्द्र राईले दिउँसो तीन बजे मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

गठबन्धनको निर्णयप्रति असहमति जनाउँदै असन्तुष्ट कांग्रेसले पनि प्रतिनिधिसभा र दुवै प्रदेशसभामा छुट्टै मनोनयन दर्ताको तयारी गरिरहेको छ ।