ब्रेकिङ स्टोरी

प्रचण्डद्वारा गोरखा २ बाट उम्मेदवारी दर्ता

By खबरहब

October 09, 2022

गोरखा- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन् ।

उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन् । डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

चितवन छाडेर प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका हुन् ।