राजनीति

सरिता गिरीले दर्ता गरिन् स्वतन्त्र उम्मेदवारी

By खबरहब

October 09, 2022

सिराहा- सरिता गिरीले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरेकी छन् ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले सिराहा १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा अद्यावधिक गर्न गरिएको संविधान संशोधनको विपक्षमा अभिव्यक्ति दिएपछि सरिताको सांसद पद जसपाले खोसेको थियो । जस कारण उनले अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेकी हुन् ।