खेलकुद

विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

By योगेन्द्र योगी

November 09, 2022

दोहा – फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार साँझ ७ बजे प्रतिस्पर्धा गर्नेछ । समूह ए मा रहेका कतार र इक्वेडरबीचको खेल नोभेम्बर २० अर्थात मंसिर ४ गते नेपाली समय अनुसार राति पौने १० बजे अल बायत स्टेडियममा हुनेछ ।

पहिलो दिन एउटा मात्र खेल हुने विश्वकप २०२२ को फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ । कतार विश्वकपमा ३२ टोलीको सहभागिता रहनेछ । समूह चरणमा एक दिनमा ४ खेल हुनेछन् । समूह चरणको खेल १२ दिनसम्म मंसिर ४ देखि १६ गतेसम्म हुनेछ । समूह चरणका खेलहरु चार फरक समयमा सुरु हुनेछन् ।

समूह ‘ए’ मा कतार, नेदरल्यान्ड, सेनेगल, इक्वेडर समूह ‘बी’ मा इङ्ल्यान्ड, अमेरिका, इरान, वेल्स समूह ‘सी’ मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया र समूह ‘डी’ मा फ्रान्स, डेनमार्क, ट्यूनिसिया, अष्ट्रेलिया, समूह ‘ई’ मा स्पेन, जर्मनी, जापान, कोष्टारिका रहेका छन्।

यस्तै समूह ‘एफ’ मा बेल्जियम, क्यानडा, क्रोएसिया र मोरक्को रहेका छन् भने समूह ‘जी’ मा ब्राजिल, स्वीटजरल्यान्ड, सर्बिया, क्यामरून समूह ‘एच’ मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।

नेपाली समयअनुसार विश्वकप खेल तालिका :

समूह चरण

मंसिर ४ १. समूह ‘ए’ – कतारविरुद्ध इक्वेडर (राति ९:४५ बजे)

मंसिर ५ २. समूह ‘ए’ – सेनेगलविरुद्ध नेदरल्यान्ड्स (राति ९:४५ बजे) ३. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध इरान (राति ६:४५ बजे) ४. समूह ‘बी’ – अमेरिकाविरुद्ध वेल्स (राति १२:४५ बजे)

मंसिर ६ ५. समूह ‘डी’ – फ्रान्सविरुद्ध अष्ट्रेलिया (राति १२:४५ बजे) ६. समूह ‘डी’ – डेनमार्कविरुद्ध ट्युनिसिया (राति ६:४५ बजे) ७. समूह ‘सी’ – मेक्सिकोविरुद्ध पोल्यान्ड (राति ९:४५ बजे) ८. समूह ‘सी’ अर्जेन्टिनाविरुद्ध साउदी अरेविया (दिउँसो ३:४५ बजे)

मंसिर ७ ९. समूह ‘एफ’ – बेल्जियमविरुद्ध क्यानडा (राति १२:४५ बजे) १०. समूह ‘ई’ – स्पेनविरुद्ध कोस्टा रिका (राति ९:४५ बजे) ११. समूह ‘ई’ – जर्मनीविरुद्ध जापान (राति ६:४५ बजे) १२. समूह ‘एफ’ – मोरोक्कोविरुद्ध क्रोएसिया (दिउँसो ३:४५ बजे)

मंसिर ८ १३. समूह ‘जी’ – स्वीट्जरल्यान्डविरुद्ध क्यामरुन (दिउँसो ३:४५ बजे) १४. समूह ‘एच’ – उरुग्वेविरुद्ध दक्षिण कोरिया (राति ६:४५ बजे) १५. समूह ‘एच’ – पोर्चुगलविरुद्ध घाना (राति ९:४५ बजे) १६.समूह ‘जी’ – ब्राजिलविरुद्ध सर्विया (राति १२:४५ बजे)

मंसिर ९ १७. समूह ‘बी’ – वेल्सविरुद्ध इरान (दिउँसो ३:४५ बजे) १८. समूह ‘ए’ – कतारविरुद्ध सेनेगल (राति ६:४५ बजे) १९. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध इक्वेडर (राति ९:४५ बजे) २०. समूह ‘बी’ – इंग्ल्यान्डविरुद्ध अमेरिका (राति १२:४५ बजे)

मंसिर १० २१. समूह ‘डी’ – ट्युनिसियाविरुद्ध अष्ट्रेलिया (दिउँसो ३:४५ बजे) २२. समूह ‘सी’ – पोल्यान्डविरुद्ध साउदी अरेविया (राति ६:४५ बजे) २३. समूह ‘डी’ – फ्रान्सविरुद्ध डेनमार्क (राति ९:४५ बजे) २४. समूह ‘सी’ – अर्जेन्टिनाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर ११ २५. समूह ‘ई’ – जापानविरुद्ध कोस्टा रिका (दिउसो ३:४५ बजे) २६. समूह ‘एफ’ – बेल्जियमविरुद्ध मोरोक्को (राति ६:४५ बजे) २७. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध क्यानडा (राति ९:४५ बजे) २८. समूह ‘ईं’ – स्पेनविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १२ २९. समूह ‘जी – क्यामरुनविरुद्ध सर्विया (दिउँसो ३:४५ बजे) ३०. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध घाना (राति ६:४५ बजे) ३१. समूह ‘जी’ – ब्राजिलविरुद्ध स्वीट्जरल्यान्ड (राति ९:४५ बजे) ३२. समूह ‘एच’ – पोर्चुगलविरुद्ध उरुग्वे (राति १२:४५ बजे)

मंसिर १३ ३३. समूह ‘बी’ – वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२:४५ बजे) ३४. समूह ‘बी’ – इरानविरुद्ध अमेरिका (राति १२:४५ बजे) ३५. समूह ‘ए’ – इक्वेडरविरुद्ध सेनेगल (राति ८:४५ बजे) ३६. समूह ‘ए’ – नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८:४५ बजे)

मंसिर १४ ३७. समूह ‘डी’ – अष्ट्रेलियाविरुद्ध डेनमार्क (राति ८:४५ बजे) ३८.समूह ‘डी’ – ट्युनिसियाविरुद्ध फ्रान्स (राति ८:४५ बजे) ३९. समूह ‘सी’ – पोल्यान्डविरुद्ध अर्जेन्टिना (राति १२:४५ बजे) ४०. समूह ‘सी’ – साउदी अमेरिकाविरुद्ध मेक्सिको (राति १२:४५ बजे)

मंसिर १५ ४१. समूह ‘एफ’ – क्रोएसियाविरुद्ध बेल्जियम (राति ८:४५ बजे) ४२. समूह ‘एफ’ – क्यानडाविरुद्ध मोरोक्को (राति ८:४५ बजे) ४३. समूह ‘ईं’ – जापानविरुद्ध स्पेन (राति १२:४५ बजे) ४४. समूह ‘ईं’ – कोस्टा रिकाविरुद्ध जर्मनी (राति १२:४५ बजे)

मंसिर १६ ४५. समूह ‘एच’ – घानाविरुद्ध उरुग्वे (राति ८:४५ बजे) ४६. समूह ‘एच’ – दक्षिण कोरियाविरुद्ध पोर्चुगल (राति ८:४५ बजे ४७. समूह ‘जी’ – सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड (राति १२:४५ बजे) ४८. समूह ‘जी’ – क्यामरुनविरुद्ध ब्राजिल (राति १२:४५ बजे)

प्रि–क्वाटरफाइनल मंसिर १७ शनिबार ४९. समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे) ५०. समूह ‘सी’ को विजेता र समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर १८ गते आइतबार ५१. समूह ‘ए’ को उपविजेता र समूह ‘बी’ को विजेता (राति १२:४५ बजे) ५२. समूह ‘डी’ को विजेता र समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे)

मंसिर १९ गते सोमबार ५३. समूह ‘ईं’ को विजेता र समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे) ५४. समूह ‘जी’ को विजेता र समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे)

मंसिर २० गते मंगलबार ५५. समूह ‘एफ’ को विजेता र समूह ‘ईं’ को उपविजेता (राति ८:४५ बजे) ५६. समूह ‘एच’ को विजेता र समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे)

क्वाटरफाइनल मंसिर २३ गते शक्रबार ५७. खेल नम्बर ४९ को विजेता र खेल नम्बर ५० को विजेता (राति १२:४५ बजे) ५८. खेल नम्बर ५३ को विजेता र खेल नम्बर ५४ को विजेता (राति ८:४५ बजे)

मंसिर २४ गते शनिबार ५९. खेल नम्बर ५१ को विजेता र खेल नम्बर ५२ को विजेता (राति १२:४५ बजे) ६०. खेल नम्बर ५५ को विजेता र खेल नम्बर ५६ को विजेता (राति ८:४५ बजे)

सेमिफाइनल मंसिर २७ गते मंगलबार ६१. खेल नम्बर ५७ को विजेता र खेल नम्बर ५८ को विजेता (राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार ६२. खेल नम्बर ५९ को विजेता र खेल नम्बर ६० को विजेता (राति १२:४५ बजे)

तेस्रो स्थान पुस २ गते शनिबार ६३. खेल नम्बर ६१ को उपविजेता र खेल नम्बर ६२ को उपविजेता (राति ८:४५ बजे)

फाइनल पुस ३ गते आइतबार ६४. खेल नम्बर ६१ को विजेता र खेल नम्बर ६२ को विजेता (राति ८:४५ बजे)