नेकपा (एमाले) अध्यक्ष केपी ओली । फाइल तस्बिर

राजनीति

ओलीद्वारा डोटी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त

By खबरहब

November 09, 2022

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डोटी भूकम्पमा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गरेका छन्।

ओलीले सामाजिक सञ्जालमार्फत मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना व्यक्त गरेका हुन्।

ओलीले लेखेका छन् ‘दुःखद् खबर-हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ। उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

डोटीको पुर्विचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पमा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा चार जना बालबालिका र अन्य दुई जना रहेका छन् ।