फाइल फोटो

राजनीति

भूकम्पपछिको पश्चिम नेपालको अवस्थालाई नियालीरहेका छौं : अमेरिकी राजदूत

By खबरहब

November 09, 2022

काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले गएरातिको भूकम्प पश्चात पश्चिम नेपालको अवस्थालाई नियालीरहेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन् । गएराति सुदूरपश्चिमको डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भुकम्प गएको थियो । उक्त भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

‘पश्चिम नेपालमा गएका धेरै भूकम्पका बारेमा हामी जानकार छौं र अवस्थालाई हामीलाई नियालीरहेका छौं,’ राजदूत थम्पसनले भनेका छन् ।

राजदूत थम्पसनले भूकम्पका कारण परिवारका सदस्य गुमाएकाहरुप्रति समवेदना प्रकट गरेका छन् ।