फाइल फोटो

राजनीति

उपराष्ट्रपतिद्वारा भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त

By खबरहब

November 09, 2022

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज बिहान डोटीको पूर्वीचौकी गाउँपालिका-३, गैरिगाउँलाई केन्द्रबिन्दु बनाइ गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पले घर भत्कँदा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।  

उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाहरूको उपचार तथा घर भत्किएर विस्थापित भएकाहरूका लागि उचित बसोवास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

उनले भूकम्प लगायत सम्भावित प्राकृतिक विपत्बाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत ध्यानाकर्षण गरेका छन् ।