राजनीति

महोत्तरी १ : राप्रपा नेपालले सत्ता गठबन्धनलाई सहयोग गर्ने

By खबरहब

November 09, 2022

महोत्तरी– कमल थापा नेतृत्वको राप्रपा नेपालले सत्ता गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतोलाई सहयोग गर्ने भएको छ । महोत्तरी १ (क) की उम्मेदवार रङ्गीता कर्णले उम्मेदवारी निष्कृय बनाएको घोषणा गर्दै लोसपाका उम्मेदवार महतोलाई सहयोग गर्ने बताएकी हुन् ।

बुधबार आयोजित कार्यक्रममा कर्णले प्रदेशमा जित्ने उम्मेदवार महतो नै भएको र मुद्दाहरू समेत ठिक रहेकोले सहयोग गरेको बताइन् । राप्रपा नेपालबाट प्रतिनिधिसभा उम्मेदवार सञ्जीवकुमार साहले भने उम्मेदवारी कायमै राखेका छन् ।   

उम्मेदवारी निष्क्रिय बनाएर कर्ण  माओवादी केन्द्रमा समेत प्रवेश गरेकी छिन । उनीसँगै दुई दर्जन युवा माओवादीमा प्रवेश गरेका छन् ।