फाइल तस्वीर

अन्तर्राष्ट्रिय

भारतको कश्मीरका किसान किबी खेतीतर्फ आकर्षित

By खबरहब

November 09, 2022

काठमाडौँ– भारतको जम्मु कश्मीरका किसान व्यावसायिक किबी खेतीतर्फ आकर्षित हुन थालेका छन् । स्याउका लागि प्रख्यात रहेको कश्मीर उपत्यकाका किसान किबी खेतीतर्फ आकर्षि हुन थालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसअघि केही किसानले सोखका लागि किबी खेती गर्दै आएका थिए । यद्यपि पछिल्लो समय ठूलो सङ्ख्यामा कश्मीरी किसानहरु व्यावसायिक किबी खेतीतर्फ आकषित भएको एएनआईले जनाएको छ ।

किबी खेतीका लागि कश्मीरको मौसम निकै अनुकूल रहेकाले यसतर्फ लागेको उत्तरी कश्मीरको सोपोर सहरका किसान बसिर अहमद वारले एएनआईलाई बताए ।

यसअघि हिमाचल प्रदेशमा किबी खेती देखेर आफू प्रभावित भएको उनले बताए । ‘हिमाचल प्रदेशमा किबी खेती सम्भव छ भने कश्मीरमा किन छैन भन्ने लागेर नै यसको खेती सुरु गरेको हो । दुबै स्थानको मौसम उस्तै छ ।’ बसिर अहमद वारले भने ।

एएनआईका अनुसार किसानले बढी मूल्य पाउने भएका कारण पनि कश्मीरमा यसतर्फ किसानको आकर्षण बढ्दो छ । त्यहाँ ५ देखि ८ रुपैयाँ प्रतिकिलो स्याउ बिक्री हुने गरेकोमा किबीको मूल्य भने २५ देखि ३० रुपैयाँ प्रतिकिलोसम्म रहेको छ ।