फाइल तस्वीर

राजनीति

आजको लागी बोलाइएको एमाले बैठक स्थगित

By खबरहब

December 09, 2022

काठमाडौं–  समानुपातिक सांसदको नाम तय गर्न बोलाइएको एमाले केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे अध्यक्ष केपी ओलीको निवास बालकोटमा बोलाइएको बैठक स्थगित भएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । 

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ।  बैठकमा समानुपातिकतर्फका सांसद छनोट, निर्वाचन समीक्षालगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको थियो ।