सांकेतिक तस्बिर

अपराध

ठूलो परिमाणको गाँजासहित पाँचजना पक्राउ

By खबरहब

December 09, 2022

काठमाडौं– मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट अवैध लागूऔषध गाँजाको धुलो ३८ केजीसहित सोही गाउँपालिका-७ बस्ने ३५ वर्षीय हरिकृष्ण अधिकारीसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । अपरिचित मानिसले बोरामा शंकास्पद सामान बोकी हिँडिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । 

यस्तै, सर्लाहीको कबिलासी नगरपालिका-१० सलेमपुर बस्ने ४५ वर्षीय शिवनारायण रायसमेत तीनजनालाई अवैध लागूऔषध गाँजा तीन सय ग्राम र नगद एक हजार पाँच सय ८० रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रायले आफ्नै भैसी फर्ममा गाँजा बिक्री गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कबिलासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगद सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।