काठमाडौँ– देशले आम निर्वाचनको मत गणना सकेर समानुपातिकको अन्तिम परिणाम पर्खिरहँदा विश्वविद्यालय र प्राज्ञिक समुदाय चुनाब पछिका परिस्थितिका बारेमा छलफल र संवाद गर्न व्यस्त देखिएका छन् । काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपालको समसामयिक अध्ययन केन्द्रले बिहिबार राजनीतिशास्त्र, अर्थशास्त्री, समाजशास्त्री र बहिष्करणमा परेकाहरूको क्षेत्रमा काम गर्दै विज्ञहरू संलग्न एक संगोष्ठी गरेर निर्वाचनको परिणामले दिन खोजेको संकेत र देशले लिने भावी दिशाका बारेमा बहसको सुरुवात गरेको हो ।
सबैलाई राजनिती चाहिने तर विश्वविद्यालय भने यसबाट टाढा रहनुपर्छ भन्दै समाज र राजनितीबारे नै चर्चा गर्ने वातावरण उपलब्ध गराउन नै हिच्किचाउने परिस्थितिलाई चिर्ने सुरुवाती कदम भएको उपकुलपति डा. भोला थापाको तर्क छ । सुरुवाती मन्तव्यमा डा. थापाले समाजमा के भइरहेको छ भन्ने थाहा पाए मात्रै के हुनुपर्छ भनेर उचित नितीनियमका लागि सुझाव दिन सकिने भएकोले केयु-एनसिसिएसले नेपालका समाज विज्ञानका विविध विधामा काम गर्न सक्ने र त्यसमा समग्र विश्वविद्यालयको सहयोग रहने बताए ।
युवाहरू अध्ययनका लागि भनेर किन विदेशका संस्था रोज्छन् होला भनेर खोत्लिदा शिक्षाको गुणस्तरसँगै रोजगारीका अवसर पनि उनीहरूको चासो देखिएकोले चुनाव पछिको नेपालको राजनिती युवाका अपेक्षालाई सम्बोधन गर्ने तर्फ आसावादिता जनाउदै उपकुलपति थापाले विगतका अनुभवका आधारमा दक्षिण एशियामा रहेको केयु-एनसिसिएसको नेटवर्कसंग समन्वयमा रहेर युवालाई समाज विज्ञानका अनुसन्धानमा अरु खारिने अवसरका लागि गर्दै आएको आवासीय प्रशिक्षणलाई निरन्तरता दिन पनि आह्वान गरे ।
स्कुल अफ आर्टसका डीन एकुमाया पुनको स्वागत र केयु-एनसिसिएसका मानार्थ अध्यक्ष प्रा. लोकराज बरालको छोटो भनाइका साथ शुरु भएको उक्त संगोष्ठिमा प्रा.डा. अच्युत बाग्ले, प्रा. कृष्ण खनाल, प्रा. कृष्ण हाछेथु, डा. मिना पौडेल, मेधषविद तुलानारायण शाह, प्रा.लबदेव अवस्थि, इ. सिके लाल, प्रा. महेश बास्कोटा, प्रा. सागरराज शर्मा, प्रा. विनय कुसियैत, प्रा. धनप्रसाद पण्डित, प्रा. बेलमणी दाहाल, प्रा. हरि न्यौपाने, प्रा.डा.देवि प्रसाद विडारि, प्रा हरि न्यौपाने, डा. पुर्ण नेपाली, डा. मेघराज दंगाल, डा. चन्द्र पाण्डेय, डा. निरज पौड्याल, स्तम्भकारहरु डा. इन्द्र अधिकारी, राजेन्द्र महर्जन, सम्झना बाग्ले, नारायणी देवकोटा, एमालेकि केन्द्रिय सदस्य उषाकिरण तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।
प्रा. हाछेथु, तुलानारायण शाह, प्रा. बाग्ले र डा. पौडेलले क्रमश राजनीति, मधेश, अर्थनीति र समावेशिताका विविध आयामलाई भर्खरै सम्पन्न निर्वाचन र त्यसपछिको संभावनासंग जोडेर कार्यपत्र प्रस्तुत गरेको उक्त संगोष्ठिले यो निर्वाचनको म्याण्डेट विगतको निरन्तरतामात्र हो कि केही नयाँपनसहित आएको छ? ति नयाँपनलाई कसरी हेर्न र बुझ्न सकिन्छ, नेपालको मधेश प्रदेश र अन्य भूभागको राजनीतिमा यसपटक के के समानता र के के विविधता देखिए, त्यसको म्यासेज के हो भनेर बुझ्ने, के नेपालको राजनीतिले अर्थशास्त्रलाई आफ्नो अभिन्न अगं मानेको छ, छ भने त्यो पाटो नेपालका दलहरूले निर्वाचनपूर्व आफ्नो घोषणापत्र मार्फत बहसमा लैजान पर्दैनथ्यो, के दलहरूले घोषणा पत्र जनतामा ल्याए, घोषणापत्रका नाममा आएका दस्तावेजमा मतदाता र कार्यकर्ताको अपनत्व छ त, यस्ता महत्वपूर्ण दस्ताबेजहरू मतदाता र कार्यकर्ता मार्फत नै छलफल भएर आउने कि विज्ञ टोलीको सहायतामा विना छलफल संहिताकरण गर्ने, समावेशिता भनेको अनुहार मात्र खोज्ने कि सबै प्रकृयामा सहभागिता र भूमिका, किन नेपालमा बहिष्करणमा परेका समुदाय पहिलो हुनेले जित्ने निर्वाचनमा कम सहभागिता हुन्छ, समावेसिताको वकालतसँग सामाजिक संरचनापनि आमुल बदलाव ल्याउन साँच्चै केही काम भए त भन्ने लगायतका प्रश्नहरूको उठान मात्र गरेको छैन, त्यसका कारण खातल्ने र समाधानका उपाय पनि पहिचान गर्ने प्रयास गरेको थियो ।
एउटा गैरसरकारी संस्थाका रुपमा दर्ता भएर करिब तिन दशक काम गरेको नेपाल समसामयिक अध्ययन केन्द्रको विधिवत विगठन पश्चात त्यस केन्द्रमा उपलब्ध पुस्तक र अनुसन्धानका दस्तावेजहरूलाई ग्रहण गदै विगठित उक्त संस्थाको अनुभवबाट सिकेर अघि बढ्ने गरि केयु-एनसिसिएस नाममा एउटा केन्द्र मार्फत अध्ययन, अनुसन्धान र संगोष्ठिहरुको सुरुवात गरेको र अब यसलाई थप निरन्तरता दिएर अघि बढ्ने संकेतका रुपमा यस कार्यक्रमलाई लिन सकिने काठमाडाैँ विश्वविद्यालयका प्रवक्ता तथा केयु-एनसिसिएसका सदस्य-सचिव डा. उद्धव प्याकुरेलको भनाई छ ।