फाइल फोटो

खेलकुद

‘ए’डिभिजन लिगमा आज पुलिस र बीबीसी भिड्दै

By खबरहब

January 10, 2022

काठमाडौँ – सहिद स्मारक ‘ए’डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज (सोमबार) एक मात्रै खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ ।

जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन् । दुबै टोली आजको खेल जित्दै कम्तिमा रेलिगेशन दवाव घटाउन चाहन्छन् । पुलिस ७ खेलमा ६ अंक जोडेर ११औं स्थानमा छ । पुलिस युवा मिडफिल्डर राम चन्द्र वाजीको कप्तानीमा मैदान उत्रनेछ ।

युवा टोलीको बाहुल्यता रहेको बीबीसी रोशन राना मगरको कप्तानीमा मैदान उत्रनेछ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ ।

जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।