मुद्रा

सुनको मूल्य तोलामा ३०० रुपैँयाले घट्यो

By खबरहब

January 10, 2022

काठमाडौँ – नेपाली बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । तेजाबी सुन प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ।