फाइल फोटो

समाचार

सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा

By खबरहब

January 10, 2022

सप्तरी – सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन्।

वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् । प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए।

भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकहरूको भनाई छ ।