समाचार

कटुवा पेस्तोल सहित पक्राउ

By खबरहब

January 10, 2022

बाँके– नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरबाट १ थान कटुवा पेस्तोलसहित सोही उपमहानगरपालिका-१३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।