समाचार

अर्थमन्त्री शर्मा भन्छन्– पुनः निषेधाज्ञा हुँदैन

By खबरहब

January 10, 2022

काठमाडौं–अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा असर पर्ने गरी पुनः निषेधाज्ञा नहुने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो साधारणसभाको उद्घाटन गर्दै उनले कोभिड–१९ को पहिलो र दोस्रो लहरले शिथिल भएर सुधारोन्मुख अवस्थामा रहेको अर्थतन्त्रले अर्को निषेधाज्ञा थेग्न नसक्ने उल्लेख गरेका हुन् ।

उनले यसअघिको जस्तो पूर्ण निषेधाज्ञा सम्भव नभएको भन्दै संक्रमणको अवस्था हेरेर सुरक्षाको व्यवस्था मिलाउनुपर्ने बताए । उनले बजारको तरलता समस्याको समाधान गर्न सरकार लागिरहेको बताउँदै संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे ।