काठमाडौँ– नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्न बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेलाई छानबिन समितिले प्रतिवेदन पेश गरेको हो ।
छानबिन समितिको प्रतिवेदन लिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा निर्माण भएका संरचना हटाइएको बताए । उनले १४ रोपनी जग्गामा विना कुनै इजाजत संरचना निर्माण गरेको बताए । साथै उनले गैरकानूनी रुपमा कारवाही गरिने पनि बताए ।
‘१४ रोपनी जग्गामा विना कुनै इजाजत भौतिक संरचना निर्माण गरेको पाइयो’, मन्त्री आलेले भने ।
उनले नारायणहिटी संग्रहालयमा होटल सञ्चालन गर्दा दु:ख लागेको बताए । उनले यसरी राज्यको सम्पत्ति दोहन भयो भने यसले समस्या पार्ने बताए ।
नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट चलाउन बतास समूहलाई दिएको विषयमा विरोध भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।
यस विषयमा प्रतिवेदन तयार पार्न मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो ।
सदस्यहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् ।
छानबिन समितिले अनधिकृत रुपमा नारायणहिटी संग्रहालयको जग्गा लिएको निष्कर्ष निकालेको छ ।
भिडियो: