समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

January 10, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ४२० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष – २६ ११–२० वर्ष –१४९ २१–३० वर्ष – ४२० ३१–४० वर्ष – ३३६ ४१–५० वर्ष – १९४ ५१–६० वर्ष – १२५ ६१–७० वर्ष –७८ ७१–८० वर्ष – २० ८० वर्षभन्दा माथि– ९ अज्ञात– ०