फाइल तस्वीर

समाचार

पृथ्वी जयन्तीमा शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले भने : देशको अस्तित्व नै संकटमा परेको छ

By खबरहब

January 10, 2022

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशको अस्तित्व नै संकटमा परेको टिप्पणी गरेका छन् । ३०० औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा सोमबार शुभकामना सन्देश दिँदै उनले अहिले राष्ट्रियताका आधार स्तम्भमाथि प्रहार भइरहेकोसमेत बताएका छन् । उनले अहिले देशमा परायहरुको चलखेल भइरहेकोसमेत टिप्पणी गरेका छन्।

उनले देश र जनताको प्रगति नहुने कुनै पनि तन्त्रको अभ्यासमा समय खेर फाल्न नहुने भन्दै नेपालको वर्तमान लोकतान्त्रिक संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको विरोध गरेका छन् । उनले राजनीति प्रणाली साधानमात्र भएको उल्लेख गर्दै साधान परिवर्तनलाई महान उपलब्धी भनिएको उल्लेख गरेका छन् ।