समाचार

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

By खबरहब

January 10, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण नभएको पुष्टि भएको छ । देउवाको पीसीआर रिपोर्ट सोमबार आएको छ । रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

गत शनिबार प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएका प्रचण्डलाई कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी भएका प्रधानमन्त्री देउवासहितका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।