देश/प्रदेश

बागमतीको मुख्ययायाधिवक्तामा श्रेष्ठ नियुक्त

By खबरहब

January 10, 2022

काठमाडौँ– बागमती प्रदेश सरकारको मुख्ययायाधिवक्तामा श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन्।

ललितपुर बार एशोशिएसनका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठलाई मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

सोमबार उच्च अदालत पाटनको हेटौडा इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।