फाइल फोटो

मुख्य समाचार

याक एण्ड यति होटलको पाँचतारे र क्यासिनो इजाजत रद्ध

By खबरहब

February 10, 2022

काठमाडौं – रोयल्टी नबुझाएको भन्दै सरकारले दरबारमार्गमा रहेको याक एण्ड यति होटलको पाँचतारे वर्गीकरण र क्यासिनो इजाजत खोसेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रोयल्टी नबुझाएको भन्दै इजाजत रद्ध गरेको हो। होटलले करिब ४२ करोड रुपैयाँ रोयल्टी नबुझाएको सरकारको ठहर छ।

राज्यलाई बुझाउनुपर्ने रकम पटकपटक ताकेता गर्दा पनि नबुझाएको भन्दै पर्यटनमन्त्री प्रेमबहादुर आलेले पाँच तारे वर्गीकरण र क्यासिनो इजाजत रद्ध गरिदिएका हुन्।

सरकारले २०४८ सालमा क्यासिनो सञ्चालनको इजाजतपत्र दिएको थियो।