सांकेतिक तस्बिर

समाचार

हत्याको आरोपमा एक जना पक्राउ

By खबरहब

February 10, 2022

सिन्धुपालचोक – सिन्धुपालचोक प्रहरीले हत्याको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाँकुरे तामाङटोलका कुमार तामाङलाई प्रकाउ गरेको हो ।

मेलम्ची नगरपालिका-१० साधखोलाकी मिनकुमारी खड्काको हत्या गरी फरार रहेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।