फाइल फोटो

आर्थिक

सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको भाउ कति ?

By खबरहब

February 10, 2022

काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि त्यही भाउ कायम भएको महासंघले जनाएको छ ।