रोचक/विचित्र संसार

सानी बालिका स्विमिङमा खसिन्, केही सेकेन्ड ढिलो भए मृत्यु हुन सक्थ्यो (भिडियोसहित)

By खबरहब

February 10, 2022

साना बालबालिकालाई खेल्न दिनु पर्छ । यसले उनीहरूमा नयाँ नयाँ कुरा सिक्ने अवसर प्रदान गर्दछ । तर उनीहरूको हरेक क्रियाकलापमा अभिभावकले निगरानी भने गर्नु पर्दछ । अन्यथा कुनै दुर्घटना निम्तने खतरा हुन्छ । सामाजिक सञ्जालमा भाइरल एक भिडियोमा अभिभावकले ध्यान नदिँदा एक बालिका मृत्युको मुखमा पुगेर फर्किएकी छन्।

भाइरल भिडियोमा एक सानी बालिका स्विमिङ पुल नजिकै खेलिरहेकी हुन्छिन् । तर उनी गल्तीले पानीमा खस्छिन् । ती सानी बालिका पौडन जान्दैन थिइन् । त्यसैले उनी पानीमा डुब्न पुगिन् । कहिबेर उनले पानीमा तड्पिनु पर्याे । तर अचानक उनका अभिभावक आइपुग्छन् र पानीबाट ती सानी बालिकालाई बचाउँछन् ।

भिडियोमा देखिए अनुसार मात्र केही सेकेण्डको ढिलाइमा ती बालिकाको ज्यान जान सक्थ्यो । यो भिडियोले सबै अभिभावकलाई आफ्ना बालबालिकाको हरेक क्रियाकलापमा निगरानी गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।

भिडियो हेर्नुहोस्

 

 

View this post on Instagram

 

A post shared by 🌹نازنین زهرا🌹 (@_.nnn.zziii)