फाइल फोटो

अपराध

सुर्खेतबाट लागुऔषधसहित पाँच जना पक्राउ

By खबरहब

February 10, 2022

वीरेन्द्रनगर- जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-११ पिपिराचोकबाट तीन जना र शान्ति टोलबाट दुई जनालाई पक्राउ गरेको हो ।

बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय गौरव सुनार, ४६ वर्षीय लीलाराम पुरी र २४ वर्षीय महेश सुनार छन् ।

उनीहरूबाट प्लाष्टिकसहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका-९ शान्ति टोलबाट कर्णाली प्रदेश लागुऔषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाइनलाई पक्राउ गरिएको हो । उनीहरूबाट प्लाष्टिकसहित ३७० मिलिग्राम र प्लाष्टिकबाहेक शुद्ध १६० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको प्रहरी जनाएको छ ।