फाइल फोटो

राजनीति

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक धुम्बाराहीमा जारी

By खबरहब

February 10, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय पदाधिकारीको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।

बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी, पार्टीका पदाधिकारी तथा प्रदेश समितिका अध्यक्षको सहभागीता छ ।

त्यस्तै उपाध्यक्षहरु बुद्धिमान तामाङ, विक्रम पाण्डे, रोशन कार्की, महामन्त्री डा.धवल शमशेर राणा, भुवन पाठक, कुन्ती शाही लगायतसहभागिता छ ।

बैठकमा समसामयिक राजनीतिको समिक्षा, स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा पूर्बअध्यक्ष कमल थापासहित केही नेताले पार्टी छाडेको विषयमा पनि समीक्षा हुने बताइएको छ ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठकमा सहभागी । तस्वीर: मोहन श्रेष्ठ