राजनीति

विश्व हिन्दु युवा संघको सम्मेलन देवघाटमा

By खबरहब

February 10, 2022

काठमाडौँ– विश्व हिन्दु​ युवासंघको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।

संघका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ । संघले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ ।

देशभरमा ४५ जिल्लामा संघको शाखा छ । विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिए ।