समाचार

मधेशमा चैतबाट लोक कल्याणकारी विज्ञापन दिइने

By खबरहब

February 10, 2022

जनकपुरधाम– मधेश प्रदेशको आमसञ्चार प्राधिकरणले चैत महिनाबाट सञ्चारमाध्यमहरूलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने जनाएको छ ।

प्रदेशका मिडियाहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले चैतबाट विज्ञापन उपलब्ध गराउने गरी तयारी गरेको प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका हुन् ।

यसका लागि कार्यविधि बनाउने कार्य पूरा भएको र फागुनसम्ममा पारित गराउने पनि उनले बताए ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमा लोककल्याणकारी विज्ञापनका लागि २ करोड रुपैयाँ छुट्याएको छ ।