फाइल फोटो

राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सानेपामा शुरु

By खबरहब

February 10, 2022

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा शुरु भएको छ । दिउँसो १ बजे बैठक बोलाइए पनि केही ढिलो गरी बैठक शुरु भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनपछि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेका थिए । समितिमा १३ पदाधिकारी, पूर्वपदाधिकारी तथा सभापतिले मनोनयन गरेका प्रभावशाली केन्द्रीय सदस्यहरू छन् ।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसी, म्याद सकिएका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको महाधिवेशनका विषयमा छलफल गर्ने एजेन्डा रहेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा संस्थापन इतर समूहले बैठकमा आगामी निर्वाचनमा पाँचदलीय गठबन्धन तोडेर एक्लै चुनावमा जानुपर्ने प्रस्ताव गर्ने भएको छ । दुई दिन लगातार बसेको इतर समूहको बैठकले कांग्रेस एक्लै चुनावमा जानुपर्ने निष्कर्ष निकालेको हो ।