मुख्य समाचार

नेकपा माओेवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

By खबरहब

February 10, 2022

काठमाडौँ– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समिति बैठक स्थगित भएको हो ।

पार्टीको सचिवालयले विशेष कारणवश केन्द्रीय समिति बैठक स्थगित भएको जनाएको छ ।

माओवादी केन्द्रले पदाधिकारी छनोट गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनका लागि बैठक बोलाएको थियो ।

माओवादीको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र केन्द्रीय सदस्य चयन गरे पनि अन्य पदाधिकारी छनोट गर्न सकेको छैन । कोरोनालाई विशेष कारण देखाएर बैठक सारिएको माओवादी केन्द्रका एक नेताले बताए ।

उनका अनुसार बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा गठबन्धनमा ठोस सहमति नजुटेसम्म माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने सम्भावना छैन ।