समाचार

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १ हजार ३६९ संक्रमित, थप १२ जनाको मृत्यु

By खबरहब

February 10, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३६९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार ८ हजार ८८० जनाको पीसीआर परीक्षण गर्दा १ हजार १३ जना र ३ हजार जनाको एन्टिजेन परीक्षण गर्दा ३५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार २३८ जना कोरोना स‌क्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

आज थप १२ सक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ ।